सोनाक्षीलाई के भने रामदेवले ? माग्नुपर्यो माफी
बिहीबार, ०४ जेठ २०७४, १० : २२
एजेन्सी
जेठ ४ – स्टार प्लसको कार्यक्रम ‘नच बलिए’ को आठौं संस्करणमा यसपटक बलिउड नायिका सोनाक्षी सिन्हा जजको कुर्सीमा बसेकी छिन् । केही समय अघि बाबा रामदेव उक्त कार्यक्रममा पाहुना बनेर पुगेका थिए तर त्यहाँ उनले सोनाक्षी सिन्हामाथि यस्तो व्यवहार गरेका छन् जसका कारण उनले माफी नै माग्नुपर्यो ।
वास्तवमा कार्यक्रमका जज सोनाक्षी सिन्हा, मोहित सुरी र टेरेन्स लुईसले रामदेवसँग योग गरे तर रामदेवबाट एउटा गल्ती भयो । उन ले स्टेजमा गल्तीले सोनाक्षी सिन्हालाई मिनाक्षी भनिदिए । उनको यो गल्तीमा सबैजना हाँस्न थाले । त्यसपछि उनले तुरुन्त आफ्नो गल्ती सुधार्दै सोनाक्षीसँग माफी मागे ।
रिपोर्टलाई मान्ने हो भने नच बलिएमा बाबा रामदेव आउनु निकै रोचक रह्यो । यस्ता कार्यक्रममा रामदेव पहिला पनि उपस्थित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण