आईजीपी प्रकरण : पूर्ण ईजलासमा सुनुवाई हुँदै
बिहीबार, ०४ जेठ २०७४, ११ : ५०
काठमाडौ, जेठ ४ – नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा आज पुर्ण इजलासमा सुनुवाई हुँदैछ ।
पूर्ण इजलासमा न्यायाधिसहरु चोलेन्द्र शम्सेर जवरा, देवेन्द्र गोपाल श्रेष्ठ,जगदीश शर्मा पौडेल, दिपक कुुमार कार्की, केदार प्रसाद चलिसे, सपना प्रधानमल्ल र तेजबहादुर केसीले मुद्दा हेर्दैछन् ।
सरकारले डिआइजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गरेपछि अर्का डिआइजी नवराज सिलवालले कासमुमा आफू अगाडी रहेको भन्दै मुद्धा हालेका थिए ।
यसअघि सरकारले डिआईजी जयबहादुर चन्दलाई गत फागुन १ मा आईजीपी नियुक्त गरेपछि सर्वोच्चले निर्णय उल्ट्याउँदै सिलवाललाई आइजीपी बनाउन निर्देशन दिएको थियो । तर सरकारले कासमुमा अर्याल अगाडि देखिएको भन्दै उनैलाई आइजीपी बनाएपछि सिलवाल पुन अदालत पुगेका थिए ।
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि यही प्रकरणका कारण महाभियोग समेत लागेको अवस्थामा आजको बहसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण