शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘फाटेको जुत्ता’मा प्रियंका र सौगात

बिहीबार, ०४ जेठ २०७४, १२ : २८
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४ –अभिनेत्री प्रियंका कार्की र सौगात मल्ल जोडीको रुपमा देखिने चलचित्र ‘फाटेको जुत्ता’को शुभमुर्हत गरिएको छ । बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभ–साइत गरिएको चलचित्र निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । अर्जुन कुमारको निर्माण रहने चलचित्रमा प्रियंका र सौगातको अलवा, वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । बिरगञ्जबाट छायाँकन थालिने चलचित्र कात्तिक १७ गते प्रदर्शनमा ल्याइनेछ । –कार्यक्रममा सौगातले नयाँ कथामा काम गर्न पाउँदा खुशी लागेको बताए । –प्रियंकाले पनि आफुले निर्बाह गर्न लागेको भुमिका अहिलेसम्मकै फरक भएको बताइन् । – निर्माता अर्जुन कुमारले करिब एक महिना लगाएर चलचित्रको छायांकन गरिने बताए । चलचित्र पूर्णतया कमेडी कथामा बनाउन लागेको निर्देशक खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप