न्यायाधीशसँग नाता परेपछि आईजिपी विवादको सुनुवाई स्थगित
बिहीबार, ०४ जेठ २०७४, १२ : ४६
काठमाडौं, जेठ ४– डिआईजी नवराज सिलवाल र न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठको बीचमा नाता परेपछि बिहीबार सुनुवाई हुने भनिएको आईजिपी विवादको मुद्धा स्थगित भएको छ ।
प्रधान न्यायाधीश सुशीला कार्कीले सात जना न्यायाधिशको पुर्ण ईजलाशले फैसला गर्नेगरी ईजलाश तोकेकी थिइन् ।
पुर्ण ईजलाशमा न्यायाधिशहरु चोलेन्द्र शमशेर जवरा, देवेन्द्र गोपाल श्रेष्ठ, जगदिश शर्मा पौडेल, दिपक कुमार कार्कि, केदार प्रसाद चालिसे, सपना प्रधान मल्ल र तेज बहादुर केसी थिए ।
सुनुवाईका क्रममा न्यायाधिश देवेन्द्र गोपाल श्रेष्ठ र नवराल सिलवालको नाता पर्ने खुलेपछि बिहीबारको सुनुवाई स्थगित भएको हो ।
‘आजको सुनुवाई स्थगित भएको छ’ महान्यायाधिवक्ता रमन श्रेष्ठले भने ।
सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधिश श्रेष्ठ र सिलवाल पत्नी सिर्जनाको बिचमा नाता पर्ने देखिएको छ । उनीहरु बीचमा फुपाजू भदै नाता परेको खुल्न आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण