शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

माओवादीको काठमाडौं महानगरका मेयर उम्मेदवारले भने–भोट नपाउँदैमा मतदातालाई गाली नगरौं

बिहीबार, ०४ जेठ २०७४, १३ : ५०
बिहीबार, ०४ जेठ २०७४

काठमाडौं, जेठ ४– नेकपा माओवादीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेका सर्वोत्तम डंगोलले मतदाताले माओवादीलाई भोट नहाल्दैमा तथानाम गाली गर्न नहुने बताएका छन् ।

उनले जनताको मानसिक चेतनालाई माक्सवादी ढंगबाटै चिर्न जरुरी रहेको भन्दै पार्टीले हारेमा त्यसको कारण पार्टीभित्रैबाट खोजिनुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जालमा एक टिप्पणी सार्वजनिक गर्दै उनले माओवादीको एजेण्डा कार्यान्वयन भएको भन्दै त्यो माओवादीको सफलता भएको हारजित दोस्रो पक्ष भएको समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप