एनआईसी एशिया बैंकका एकै दिन ४ नयाँ शाखा स्थापना
बिहीबार, ०४ जेठ २०७४, १७ : २८
काठमाडौं, जेठ ४–एनआईसी एशिया बैंकले विभिन्न ४ स्थानमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले बिहीबार एकै दिन ती शाखा स्थापना गरेको हो ।
स्थापना भएका शाखा मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव) ले गरेका छन् । यस्तै, नयाँपुल कास्की स्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी कुल बहादुर गुरुङ, सालझण्डी स्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा गरेका छन् । यस्तै, रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले गरेको बैंकले जनाएको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण