गैँडाकोटमा एमालेका पौडेल विजयी
बिहीबार, ०४ जेठ २०७४, १७ : ३५
नवलपरासी, जेठ ४ – नवलपरासी जिल्लामा नेपाली काँग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र मानिने गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेल विजयी हुनुभएको छ ।
यसैगरी उपप्रमुखमा भने काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको छ । गैँडाकोटमा प्रमुखमा विजयी पौडेलले कुल ११ हजार ३०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ हजार मत प्राप्त गर्नुभएको थियो ।
उपप्रमुखमा कुल ११ हजार ५५५ मत प्राप्त गरी काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधा पाण्डेले १० हजार ४५६ मत प्राप्त गर्नुभयो ।
नवलपरासीमा हालसम्म नगरपालिकातर्फ देवचुली, गंैडाकोट र मध्यबिन्दु र गाउँपालिकातर्फ बुलिङ्टार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकालीमा मतगणना सम्पन्न भइसकेको छ ।
प्रमुख पदमा गँैडाकोटबाहेक अरु सबै स्थानमा काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । अब नवलपरासीमा कावासोती नगरपालिकामा मात्र परिणाम घोषणा हुन बाँकी छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण