कालिकामा दुई वडाको मतपरिणाम सार्वजनिक
बिहीबार, ०४ जेठ २०७४, १७ : ३८
चितवन, ४ जेठ - सात स्थानीय निकायमध्ये सबैभन्दा ढिलो मङ्गलबार रातिबाट मात्रै मतगणना सुरु भएको चितवनको कालिका नगरपालिकामा दुईवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
चट्याङ लागेर उम्मेदवारको मृत्युका कारण मतदान नै स्थगित भएर मङ्गलबार मतदान सम्पन्न भई सोही राति मात्रै यहाँ मतगणना थालिएपनि गणना कार्य प्रभावकारी भएकाले छिट्टै परिणाम सार्वजनिक भएको हो ।
सार्वजनिक मतपरिणामअनुसार कालिका–९ को वडाध्यक्षमा नेपाली काँग्रेस र वडा नं ८ को अध्यक्षमा एमाले विजयी भएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं ९ मा काँग्रेसका हेमबहादुर जिसी ७०९ मतका साथमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लेखबहादुर थापाले ६८५ मत मात्रै ल्याउनुभयो ।
उक्त वडामा काँग्रेसले अध्यक्षसहित एकजना खुला सदस्यमा जितेको र अरू सबै सदस्यमा एमालेले जितेको शर्माले जानकारी दिनुभयो ।
कालिका–८ मा भने एमालेका इमप्रसाद अधिकारी ७९८ मतको साथमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकाका निरजकुमार श्रेष्ठले ७०५ मत ल्याउनुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएरातिसम्मको मतगणनाअनुसार कालिकामा एमाले अगाडि देखिएको छ । प्रमुखमा एमालेले ९१२ र उपप्रमुखमा ८२२, काँग्रेसले प्रमुखमा ६३६ र उपप्रमुखमा ७०५ र माओवादी केन्द्रले प्रमुखमा ५४६ तथा उपप्रमुखमा ६२१ मत प्राप्त गरेको छ ।
कालिका नगरपालिकामा २२ हजार ९८७ मतदातामध्ये १८ हजार ५०० मत खसेको थियो । कालिकामा ११ वटा वडा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण