स्थानीय तहको नेतृत्व सम्हाल्दै महिला
बिहीबार, ०४ जेठ २०७४, १७ : ५८
कालिका खड्का
काठमाडौँ, जेठ ४ – चन्दननाथ नगरपालिका जुम्लाका प्रमुखमा कान्तिका सेजुवाल विजयी भएर नेपालकै पहिलो महिला प्रमुख बन्न सफल हुनुभएको छ ।
नेपाली राजनीतिको इतिहासमा अहिलेसम्म स्थानीय तहमा प्रमुख भएर काम गर्ने अवसर पहिलो पटक उहाँलाई मिलेको छ । उहाँ नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुखमा उम्मेदवार हुनुहुन्थ्यो । “यो मेरो जीवनको अत्यन्तै खुसीको क्षण हो, मेरो काँधमा जिम्मेवारी थपिएको महसुस भएको छ, जुम्लावासीको सपना पूरा गर्न र त्यहाँको समग्र विकास गर्न सदा लागिरहनेछु”, जुम्लाबाट रासससँग टेलिफोनमा कुरा गर्दै उहाँले भन्नुभयो ।
सो नगरपालिकाका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार कुल खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर सेजवाल विजयी हुनुभएकोे हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शान्तिलाल महतले दुई हजार ६६ मत ल्याउनुभएको थियो ।
भौतिक पूर्वाधारदेखि लिएर शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरामा पछाडि परेको जुम्लाको विकासमा उहाँले आफ्नो पूरै जीवन समर्पण गर्ने योजना बनाउनुभएको छ । जुम्लाका जनताले उहाँमाथि विश्वास गरेपछि आफूले जुम्लाको योजनाबद्ध तरिकाले विकास गर्ने योजना सुनाउनुभयो । विसं २०५१ देखि समाजसेवामा लागेर स्थायी शिक्षकका रुपमा काम गर्नुभएकी सेजुवाल विसं २०७० देखि सक्रिय रुपमा राजनीतिका आउनुभयो । स्थायी शिक्षकबाट राजीनामा दिएर राजनीतिक यात्रामा आउना कारण उहाँको जीवनमा दुःखद घटना भएपछि हो ।
कान्तिकाका श्रीमान् मानव सेजुवालको विसं २०७१ मा काठमाडौँबाट नेपाल एयरलाइन्स चढेर जुम्ला जाने क्रममा विमान दुर्घटनामा परी निधन भयो । नेपाली काँग्रेसका त्यो क्षेत्रका लोकप्रिय नेताको निधनपछि उहाँको सपना पूरा गर्न कान्तिका राजनीतिमा सक्रिय रुपमा आउनुभयो । पैँतालीस वर्षीया कान्तिकाले दुई विषयमा स्नातकोत्तर गर्नुभएको छ । उहाँका दुई छोरी र दुई छोरा छन् । हालसम्म मतगणनामा नगरपालिकामा विजयी हुने कान्तिका एक्ली महिला हुन् ।
गाउँपालिका प्रमुखमा अर्का महिलाहरु पनि विजयी हुनुभएको छ । नवलपरासीको हुप्सेकोट गाउँपालिका प्रमुखमा काँग्रेसकै उम्मेदवारमा लक्ष्मी पाण्डे विजयी हुनुभएको छ । कान्तिका जस्तै उहाँले पनि शिक्षण पेसाबाट राजीनामा दिएर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिनुभएको थियो । “गाउँपालिका प्रमुखमा जितेपछि एकदमै खुसी लागेको छ, पार्टीले दिएको जिम्मेवारीलाई अवसरका रुपमा लिएर काम गर्नेछु, यो गाउँपालिकाको विकासमा पूरै ध्यान केन्द्रित गर्नेछु नमुना गाउँपालिका बनाउनेछु”, रासससँग कुरा गर्दै उहाँले आफ्नो प्रतिबद्धता सुनाउनुभयो ।
विसं २०५३ देखि देउराली मोहनडाँडास्थित देउराली प्राविमा शिक्षण गरिरहनुभएकी स्थानीय शिक्षक पाण्डे विसं २०६१ देखि सक्रिय रुपमा राजनीतिमा हुनुहुन्थ्यो । सत्चालिस वर्षीया पाण्डेका श्रीमान्, तीन छोरा र एक छोरी हुनुहुन्छ ।
त्यसैगरी तनहुँ जिल्लाको म्याग्दी गाउँपालिका प्रमुखमा काँग्रेसकी माया राना, लमजुङ दूधपोखरी गाउँपालिका प्रमुखमा काँग्रेसकी छुपीमाया गुरुङ तथा चितवन, इच्छाकामना गाउँपालिका प्रमुखमा काँग्रेसकी गीता गुरुङ विजयी हुनुभएको छ । कालिका गाउँपालिका (रसुवा)का प्रमुखमा नेकपा९एमाले०की सीताकुमारी पौडेल विजयी हुनुभएको छ म्याग्दी धौलागिरि गाउँपालिका प्रमुखका सोही दलकी थमसरा पुन विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यही वैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवारी परेको थियो । तीमध्ये महिला उम्मेदवारको सङ्ख्या १९ हजार ३३२ ९३९।१८४ प्रतिशत० थियो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै वडा सदस्य पदका लागि ४० प्रतिशत महिला (दलित महिलासमेत वडामा दुई जना) उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण