शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ, नागार्जुनमा पाँच वडाको मत परिणाम

बिहीबार, ०४ जेठ २०७४, २० : ४३
बिहीबार, ०४ जेठ २०७४
काठमाडौँ, जेठ ४ – नागार्जुन नगरपालिकामा पाँच वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणामननुसार चार वटा वडामा नेकपा (एमाले) र एक वडामा राप्रपाका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ । एमालेले १ देखि ४ वडा र राप्रपाले ५ नं वडामा जित हासिल गरेका हुन् । वडा नं १ मा एमालेका रामचन्द्र लामाले ४२४ मत, वडा नं २ मा एमालेकै खुमबहादुर केसी ७९१ मत, वडा नं ३ मा प्रेमलाल श्रेष्ठ ६२२ र वडा नं ४ मा करुणकुमार दलामी ९१६ मत तथा वडा नं ५ बाट राप्रपाका महेश रिमाल ७११ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रमुखमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले तीन हजार १८८ मत, एमालेका कृष्णहरि खत्रीले दुई हजार ८५६, नेकपा (माओवादी केन्द्र)का कुमार तामाङले ९२३ र राप्रपाका उद्धव थापाले एक हजार ६८२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपप्रमुखमा काँग्रेसका कल्याणी खड्काले दुई हजार ८२३, एमालेका सुशीला अधिकारीले तीन हजार २८३ मत र माओवादी केन्द्रकी देवकी पौडेलले ८८१ मत प्राप्त गर्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप