शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बेनीघाट रोराङमा माओवादी केन्द्र र त्रिपुरासुन्दरीमा एमाले विजयी

बिहीबार, ०४ जेठ २०७४, २० : ५४
बिहीबार, ०४ जेठ २०७४
मलेखु (धादिङ), जेठ ४ – बेनिघाट रोराङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का हरि डल्लाकोटी छ हजार ४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गिरिराज कँडेलले पाँच हजार २५५ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवालले पाँच हजार ३०२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मायादेवी शर्माले पाँच हजार २७७ मत ल्याउनुभएको छ । यसैगरी उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एमालेका शम्भुकुमार थापा चार हजार ७० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वासु तिमल्सिनाले तीन हजार ९६१ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा काँग्रेसका देवीकुमारी पाण्डे बुर्लाकोटी तीन हजार ९९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णमाया थापाले तीन हजार ८९६ मत प्राप्त गर्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप