वालिङ नगरपालिकामा काँग्रेस विजयी
बिहीबार, ०४ जेठ २०७४, २१ : ०७
वालिङ, जेठ ४ – वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।
दस हजार छ सय मतसहित काँग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पुण्यप्रसाद अर्यालले आठ हजार सात सय ४९ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उपप्रमुखमा काँग्रेसकी कल्पना तिवारी नौ हजार ८९५ मत ल्याएर विजय हुनुभएको छ भने उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी खगीसरा थापाले नौ हजार ३५७ मत प्राप्त गर्नुभएको थियो ।
कुल १४ वटा वडा रहेको वालिङ नगरपालिकामा काँग्रेसले प्रमुख र उपप्रमुखसहित सात वटा वडामा विजयी भएको छ भने एमाले पनि सात वडामा विजयी भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण