शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचन आयोगले भन्यो– ब्यानर, पोष्टर हटाऊ, भित्तेलेखन मेट

बिहीबार, ०४ जेठ २०७४, २१ : ३१
बिहीबार, ०४ जेठ २०७४
काठमाडौं, जेठ ४– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलहरुले प्रयोग गरेका ब्यानर, पोष्टर हटाउन आग्रह गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले विहीबार विज्ञप्ति जारी गरी राजनीतिक दलहरुले विभिन्न ठाउँमा टाँसेका पोष्टर पम्प्लेटहरु हटाउन आग्रह गरेका हुन् । त्यस्ता सामग्री हटाएर मात्रै राजनीति दल तथा उम्मेदवारहरुले गाउँ शहरको वातावरणलाई स्वच्छ हराभरा बनाउने भनी आफैले गरेको प्रतिवद्धता पूरा गर्न आयोगले आग्रह गरेको छ । ‘स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारहरुले विभिन्न स्थानमा टाँस्नु भएका पर्चा, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर तथा डिजिटल डिस्प्लेलाई तुरुन्त हटाउन सम्बन्धित राजनीतिक दल र उम्मेदवारहरुसँग निर्वाचन आयोग अनुरोध गर्दछ ।’– विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप