शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारले सहमतिमै स्थानीय तहको संख्या थप गर्ने तयारी गर्दै

आइतबार, ०७ जेठ २०७४, १८ : ४६
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७ – सरकारले राजनीतिक सहमतिकै आधारमा स्थानीय तहको संख्या थप गर्ने तयारी गरेको छ । स्थानीय तहको संख्या बढाउने जिम्मवारी पाएको उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार नेतृत्वको कार्य दलले राजनीतिक सहमतिकै आधारमा स्थानीय तहको संख्या बढाउने जानकारी गराएको हो । कार्य दलले आईतबार पनि सम्बन्धित प्रदेशका सांसदहरुसँग छुट्टाछुट्टै छलफल गरी प्रदेशको संख्या कति बढाउने भन्ने बारेमा परामर्श गरेको छ । राजनीतिक सहमतिकै आधारमा स्थानीय तहको संख्या थप गर्ने गरी आवश्यक छलफल भईरहेको कानुन मन्त्री अजयशंकर नायकले जानकारी दिए । बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले भने तराई मधेशमा ४५ प्रतिशत हुने गरी स्थानीय तहको संख्या बढाउन माग गरेका थिए । कम्तिमा पनि ४५ प्रतिशत स्थानीय तहको संख्या तराई मधेशमा थप्नुपर्ने अडान आफ्नो पार्टीले लिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए । राष्ट्रिय जनता पार्टी, नेपालले जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप नगरिए स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप