शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुर्खेतमा सन्राईज बैंकको नयाँ शाखा

आइतबार, ०७ जेठ २०७४, १८ : ५०
आइतबार, ०७ जेठ २०७४
आकाश तारा बयक सुर्खेत, जेठ ७ – सन्राईज बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमका वीच आफ्नो ६९ औं शाखाको सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल राष्ट्र बैंक, नेपालगञ्ज क्षेत्रीय कार्यालयका निर्देशक गुरुप्रसाद पौडेल र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले संयुक्तरुपमा शाखाको उद्घाटन गरे । बैंकले साविकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्दा धनगढीमा दोहरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्को शाखालाई वीरेन्द्रनगरमा स्थानान्तरण गरिएको बताएको छ । यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पु¥याउन सक्षम हुुुुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । शाखाबाट ग्राहकहरुलाई लकर (सेफ डिपोजित लकर) सेवा समेत उपलब्ध गराएको बैंकले बताएको छ । हाल बैंकका नेपाल भरी ६९ वटा शाखा र ७९ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बताए । उनले बढीभन्दा बढी सुविधा उपलब्ध गराउने उद्देश्यले कालिकास्थान र हेटौंडामा नयाँ शाखा सञ्जालमा ल्याउने तयारी रहेको जनाए । उनका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भिएलएन काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा देशका विभिन्न स्थानमा १६ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप