कालिका गाउँपालिकामा एमाले विजयी
आइतबार, ०७ जेठ २०७४, २० : १२
कालीकोट, जेठ ७ – कालिका गाँउपालिकाको अध्यक्षमा नेकपा (एमाले) का खडानन्द चौलागाईं दुई हजार २७४ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्द आचार्यले एक हजार ५१२ मत ल्याउनुभयो । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै पम्फादेवी शाही विजयी हुनुभएको छ । ।
कालिका गाँउपालिकाको पाँचवटा वडामा एमाले तथा दुई÷दुई वडामा काँग्रेस र माओवादी केन्द्र विजयी भएको छ । जिल्लाको दुई नगरपालिकासहित तीन गाँउपालिकामा माओवादी केन्द्र, एक नगरपालिकासहित एक गाउँपालिकामा एमाले र एक गाउँपालिकामा काँग्रेस विजयी भएको छ ।
यसैबीच, नरहरिनाथ गाँउपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्दमा स्थगन भएको निर्वाचन आज सम्पन्न भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण