अवैध २९ लाख भारतीय मुद्रासहित पक्राउ
आइतबार, ०७ जेठ २०७४, २० : ३७
काठमाडौँ, जेठ ७ – प्रहरीले २९ लाख ५९ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
अवैध भारतीय मुद्रा कारोबार गर्न ओसारपसार गरी ल्याएको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गुल्मी सिर्सेनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ रविभवन बस्ने कृष्ण श्रेष्ठलाई शनिबार पक्राउ गरेको हो ।
श्रेष्ठलाई कालिमाटीस्थित सोल्टीमोडबाट भारु एक हजार दरका र भारु ५०० दरका नोट साथमा लिई हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई उल्लेखित अवैध भारतीय मुद्रासहित आवश्यक अनुसन्धान र कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण