शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एसओएसका अन्तर्राष्ट्रिय अध्यक्ष कौल नेपालमा

आइतबार, ०७ जेठ २०७४, २० : ४२
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७ – एसओएस वालग्रामका अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौल साताव्यापी अवलोकन भ्रमणका क्रममा आइतबार यहाँ आईपुगेका छन् । अध्यक्ष कौलका साथमा एसओएस बालग्राम अन्तर्राष्ट्रियका एसिया क्षेत्रका निर्देशक शुभा मुर्ति रहेका छन् । उनीहरुलाई एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशङ्कर प्रधानाङ्ग, वालग्रामको सानोठिमीका निर्देशक खगेन्द्रकुमार नेपाल र वालग्रामको विभिन्न घरका आमा तथा बालबालिकाले एसओएस वालग्राम नेपाल सानोठिमीमा स्वागत गरेका थिए । भूकम्पमा परेर धेरै बालबालिकाले बाबुआमा गुमाएका, एसओएस वालग्राम नेपालले गरेका उद्धार र राहत तथा पुनःस्थापनको कार्य सँगै वालग्राम नेपालले निर्माण गर्न लागेका सरकारी विद्यालय र नीजि घरको अवलोकन गर्न अध्यक्ष कौलसहितको टोली नेपाल आएको हो । एओएस वालग्रामले आफ्नो लगानीमा विभिन्न जिल्लामा भूकम्प पीडितका लागि घर निर्माण गरिरहेको छ । यसक्रममा अध्यक्ष कौलसहितको टोली सिन्धुपाल्चोक र दोलखाका विभिन्न गाउँको अवलोकन गर्ने कार्यक्रम रहेको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक प्रधानाङ्गले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप