शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चितवनमा एमाले कतै पुरानै अनुहार, कतै महिला

आइतबार, ०७ जेठ २०७४, २१ : ०९
आइतबार, ०७ जेठ २०७४
काठमाडौं, जेठ ७ – पहिलो चरणमा भएको स्थानीय तहको मतगणना अन्तिम चरणमा आएको छ । पछिल्लो पटक एमाले केही स्थानीय तह जितेको छ । चितवनको तीन नगरपालिका जित हासिल गरेको एमाले भरतपुर महानगरपालिका पनि जित्ने दाउमा छ । चितवनमा एमालेले नगरपालिकाका पुरानै अनुहारलाई टिकट दिएको थियो । चितवनको रत्ननगर नगरपालिकामा निर्वाचित भएका एमालेका नारायण वन पुरानै मयर हुन् । २० वर्षपछि भएको चुनावमा पनि वन मेयरमा निर्वाचित भए । उनी यसअघि २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा सोही नगररपालिकाको मेयर जितेका थिए । उपमेयरमा पनि एमाले नेतृ विमला दुवाडी निर्वाचित भइन् । भरतपुर महानगरपालिकाको एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली पनि पुरानै अनुहार हुन् । उनी यसअघि भरतपुर नगरपालिकाको उपमेयर निर्वाचित भएका थिए । यस्तै, चितवनमै पहिलोपटक मेयरमा एमाले नेतृ प्रभा बराल निर्वाचित भएकी छन् । बराल राप्ती नगरपालिकाको मेयर चुनिएकी हुन् । उपमेयर पनि एमालेले नै जितेको छ । यसैगरी, कालिका नगरपलिकामा मेयर र उपमेयर एमालेले जितेको छ । मेयरमा एमालेका खुमनारायण श्रेष्ठ र उपमेयरमा कमला भट्टराई विजयी भएका छन् । चितवनको रत्ननगर, राप्ती र कालिका नगरपालिका तथा भक्तपुरको सूर्य विनायक र कालीकोटको कालिका गाउँपालिकामा पनि एमालेले जित हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप