शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संसद्को बजेट अधिवेशन सोमबारदेखि

आइतबार, ०७ जेठ २०७४, २१ : ११
आइतबार, ०७ जेठ २०७४
काठमाडौँ, जेठ ७ – व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार भोलीको बैठकमा बैठक आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाउने कार्यक्रम रहेको छ । बैठक सोमबार १३:०० बजेका लागि बोलाइएको छ । बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७४/  ७५ को बजेट समेत पेस गरिनेछ । प्रवक्ता गौतमका अनुसार यही जेठ ९ गते आगामी आवको बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा छलफल हुनेछ । यस्तै जेठ ११ गते राष्ट्रपति भण्डारीले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको छ । जेठ १२ र १३ गते नीति तथा कार्यक्रम माथि छलफल हुनेछ । कार्यक्रमअनुसार यही जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार आगामी आवको बजेट पेस गरिनेछ । मन्त्रिपरिषद्को आजको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप