नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी
आइतबार, ०७ जेठ २०७४, २१ : १५
काठमाडौँ, जेठ ७ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेट गरी आर्थिक वर्ष २०७४/ ७५ को नीति तथा कार्यक्रमबारे जानकारी गराएको छ ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज साँझ भएको भेटमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिका प्रेस विज्ञ माधव शर्माले जानकारी दिए ।
भेटमा यही जेठ ११ गते संसदमा राष्ट्रपति भण्डारीले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रमका रहेकाले त्यसका लागि प्रधानमन्त्री दाहालले आमन्त्रण गरेको शर्माले बताए ।
प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत सहभागी थिए । सरकारले यही जेठ १५ गते आव २०७४÷७५ को बजेट ल्याउँदैछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण