२ सय ६९ स्थानको नतिजा आयो, माओवादी केन्द्र ४६ स्थानमा रोकियो
आइतबार, ०७ जेठ २०७४, २१ : २३
काठमाडौं, जेठ ७– पहिलो चरणमा भएको २ सय ८१ स्थानीय तहको निर्वाचनको परिणाम अन्तिम अवस्थामा आइपुगेको छ ।
अहिलेसम्म २ सय ६९ स्थानको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।
अब चार महानगर, एक उपमहानगरपालिकासहित १२ स्थानीय तहको नतिजा आउन मात्रै बाँकी छ ।
वैशाख ३१ गते स्थागित भएका दोलखाको मेलुङमा आइतबार मतदान भई गणना शुरु गरिएको छ भने कालीकोटको एक ठाउँमा अझै मतदान भएको छैन ।
पछिल्लो परिणामअनुसार एमालेले १ सय १५ स्थानीय तहको प्रमुखसहित जित हासिल गरेको छ भने गणना जारी रहेको ६ स्थानमा अग्रता लिएको छ ।
यस्तै, नेपाली काँग्रेसले १ सय १ स्थानमा जित हासिल गर्नुका साथै ६ स्थानमा अग्रता लिइरहेको छ ।
नेकपा माओवादी केन्द्रले ४६ स्थानमा जित हासिल गरी रोकिएको छ । गणना भइरहेका ठाउँमा माओवादी केन्द्रले अग्रता लिन सकेको छैन ।
भरतपुर महानगरपालिकामा भने कडा प्रतिष्पर्धा रहेको छ । एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालको मतान्तार थोरै मात्र फरक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण