शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा लफडा कायमै, मतगणना शुरु हुन सकेन

आइतबार, ०७ जेठ २०७४, २१ : ४९
आइतबार, ०७ जेठ २०७४
पोखरा, जेठ ७– पोखरा–लेखनाथ महानगरपालिकामा फेरि लफडा भएको छ । मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भेटिएपछि शनिवार दिउँसोबाट मतगणना रोकिएका थियो । आइतबार बेलुका सर्वदलीय संयन्त्रमा सहमति गरी मतगणना शुरु गर्ने प्रयास शुरु हुन सकेको छैन । मतगणना रोक्न नहुने भन्दै संयन्त्रमा छलफल भइ मतगणना थाल्ने बताएपछि पुनः विवाद चर्किएका छ । पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएको थियो । सूर्यमा भेटिएको स्वस्तिक छापको आकार ठूलो भेटिएपछि काँग्रेस–माओवादी गठबन्धनले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । पाँच हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको थियो । आइतबार बिहान सर्बदलीय बैठकमा सहमति नजुटेपछि पटकपटक सर्वदलीय बैठक बसी सहमतिको प्रयास भइरहेको छ । ३३ वटा वडा रहेको महानगरका शुक्रबारसम्म १५ वडासम्मको मतगणना सकिएको छ । १६, १७ र १८ वडाको मतगणना भइरहेकोमा विवादपछि रोकिएको हो । पोखरा–लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जिसीले अग्रता लिएका छन् । जिसीले २२ हजार ३ सय २९ मत प्राप्त गर्दा माओवादी–काँग्रेस गठबन्धनका उम्मेदवार काँग्रेसका रामजी कुँवरको १९ हजार ९ सय ३ मत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप