जीतका वावजुद आर्सनल २० वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा छनौट हुन सकेन
लण्डन, चैत ७ – इंग्लिस प्रिमियर लिगको सिजनको अन्तिम दिन एर्भटनलाई ३–१ गोल अन्तरले पराजित गरे पनि आर्सनल च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ ।
म्यान्चेस्टर सिटी र लिभरपुलले आ–आफ्ना खेल जितेपछि आर्सनल पाँचौ स्थानमा सिमित बनेको हो ।
पछिल्ला २० वर्षमा आर्सनल च्याम्पियन्स लिगमा छनौट हुन नसकेको यो पहिलो अवसर पनि हो ।
खेलको शुरुवातदेखि नै १० खेलाडीमा सिमित भए पनि आर्सनलले एभर्टनलाई पराजित गर्न सफल रह्यो ।
हेक्टर बेलेरिनले खाली आर्सनललाई अग्रता दिलाए लगत्तै कप्तान लरेन्ट कोसियेल्नी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
तर, खेलको २७ औँ मिनेटमा एलेक्सिस सान्चेजको गोलको मद्दतले आर्सनलले खेलमा अग्रता दोब्बर बनायो ।
खेलको दोस्रो हाफमा पेनाल्टीको सदुपयोग गर्दै रोमेलु लुकाकुले एक गोल फर्काए पनि इन्जुरी समयमा आरोन रामशेले गोल गर्दै आर्सनलको जीत सुनिश्चित गरे ।
तर, लिभरपुलले पनि आफ्नो खेल जीतपछि आर्सनल एक अंकपछि ७५ अंकका साथ पाँचौ स्थानमा सिमित बन्यो ।
अन्तिम खेलमा जित आवश्यक रहेकोमा घरेलु मैदानमा मिडल्सब्रोलाई आतिथ्य गरेको लिभरपुल ३–० गोल अन्तरले विजयी बन्यो ।
लिभरपुललाई जित दिलाउन पहिलो हाफको इन्जुरी समयमा जर्जिनो विज्नाल्डमले गोल गर्दै अग्रता दिलाए भने खेलको दोस्रो हाफमा फिलिपे काउन्टिन्होले फ्रिकिक मार्फत लिभरपुलको अग्रता दोब्बर बनाए ।
त्यसलगत्तै एडम ललानाले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।
सन् २०१४–१५ सिजनपछि लिभरपुल पहिलो पटक युरोपियन प्रतियोगितामा प्रवेश गरेको हो ।
आइतबार नै भएको शीर्ष चारको भिडन्तमा म्यान्चेस्टर सिटीले वार्टफोर्डलाई ५–० गोलको विशाल अन्तरले हराउँदै तेस्रो स्थान सुरक्षित गर्यो ।
पेप ग्वार्डिओलको ड्ब्यु सिजनमा सिटीले पनि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।
सिटीले पहिलो हाफमा नै चार गोल गरेको थियो । कप्तान भिन्सेन्ट कोम्पानीले खेलको ५ औ मिनेटमा नै अग्रता दिलाए भने सर्जियो एगुएरोले दोस्रो र तेस्रो गोल गरे ।
पहिलो हाफ सकिन लाग्दा फर्नान्डिन्होले अर्को गोल थपे भने दोस्रो हाफमा एक मात्र गोल ग्याब्रियल जिससले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण