चेल्सीलाई उपाधि, टेरीलाई ‘गुडबाई’
लण्डन, चैत ७ – अन्तिम खेलमा सन्डरल्याण्ड विरुद्ध सहज जित निकाल्दै ३८ खेलको सिजनमा ३० वटा जित हासिल गर्ने चेल्सी पहिलो टोली बनेको छ ।
खेलसँगै कप्तान जोन टेरीले क्लबबाट बिदा भएका छन् ।
चेल्सले ९ दिनअघि नै छैटौँपटक उपाधि सुनिश्चित गरिसकेको थियो ।
तर, आइतबार भएको खेलमा खेलको तेस्रो मिनेटमा नै चेल्सी एक गोलले पछि परेको थियो । ह्याभियर म्यानकुइलोले गोल गर्दै सन्डरल्याण्डलाई अग्रता दिलाए ।
तर, त्यसपछि भने चेल्सीले गोलको वर्षा गरेको थियो । ५ मिनेटपछि नै विलायनले गोल गर्दै खेल बराबरी गरे भने दोस्रो हाफको अन्ति ३० मिनेटमा चेल्सीले ४ गोल गर्यो । एडिन हजार्डले खेलको ६१ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएसँगै पेड्रोले अग्रता दोब्बर बनाए ।
खेलको अन्तिम मिनेटमा मिची बात्सुयीले २ गोल गरेपछि चेल्सी ५–१ ले विजयी बन्यो ।
यस सिजनले चेल्सीले ३० खेलमा जित हासिल गर्न सफल रह्यो भने घरेलु मैदानमा खेलिएका १६ मध्ये १५ मा विजयी बन्यो ।
यसक्रममा ९६ अंकबाट ८३ अंक बटुल्दै ८५ गोल गर्न सफल रह्यो ।
टेरीको बिदाई
उनले लगाउने जर्सीको नम्बरसँग मेल खाने गरी खेलको २६ औँ मिनेटमा कप्तान टेरीलाई सब्सिटिच्युड गरिएको थियो । खेलाडीहरुले उनलाई गार्ड अफ अनर समेत दिए ।
सन् १९९८ को अक्टोबरमा चेल्सी आएका सेन्टर ब्याकले २२ वर्ष चेल्सीमा बिताउँदै १५ वटा उपाधि जित्न सफल रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण