शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चन्दननाथका नगरप्रमुख सेजुवाललाई साँचो हस्तान्तरण

सोमबार, ०८ जेठ २०७४, ०८ : २३
सोमबार, ०८ जेठ २०७४
जुम्ला - चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख कान्तिका सेजुवाललाई साँचो हस्तान्तरण गरिएको छ । नवनिर्वाचित पदाधिकारीका लागि नगरपालिकाकाद्वारा आयोजित स्वागत कार्यक्रममा साँचो हस्तान्तरण गरिएको हो । चन्दननाथ नगरपालिकाका कार्यकारी अधिकृत केशवराज शर्माले नवनिर्वाचित नगरप्रमुख सेजुवाललाई आइतबार साँचो हस्तान्तरण गरेका हुन् । २० वर्षदेखि कर्मचारी संयन्त्रबाट सञ्चालित स्थानीय तहको प्रमुखको जिम्मेवारी जनप्रतिनिधिले सम्हाल्दा नगरवासीमा खुसी छाएको थियो । कार्यक्रममा नगरप्रमुख सेजुवालले चन्दननाथलाई हिमाली क्षेत्रकै ‘स्मार्ट सिटी’ निर्माण गर्ने परिकल्पना गरिएको र यो सपना सार्थक बनाउन आफ्नो लागि चुनौती र अवसर दुवै भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप