शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इन्द्रावती गाउँपालिकामा काँग्रेसका वंशलाल तामाङ विजयी

सोमबार, ०८ जेठ २०७४, ०८ : ३२
सोमबार, ०८ जेठ २०७४
मेलम्ची - सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वंशलाल तामाङ विजयी भएका छन् । राति अबेर घोषित अन्तिम मत परिणामअनुसार तामाङले पाँच हजार ३६५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झम्क नेपालले पाँच हजार १६५ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकै मीरा अधिकारी लामा विजयी भएको छ । उनले  पाँच हजार १९१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सरस्वती अधिकारीले पाँच हजार ७९ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं ९ को वडा अध्यक्षमा नेकपा एमालेका बाबुराम लामाले ४७३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हर्कबहादुर तामाङले ३७६ मत प्राप्त गरेका थिए । त्यस्तै वडा नं १० को वडा अध्यक्षमा काँग्रेसका जीवनकुमार थापामगरले ६२४ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रप्रसाद आचार्यले ६२१ मत प्राप्त गरे । त्यस्तै वडा नं ११ को वडा अध्यक्षमा एमालेका मने माझीले ४२४ मत प्राप्त गरी विजयी भएको छ भने  निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी माझीले ३९० मत प्राप्त गरेका थिए । त्यस्तै वडा नं १२ को वडा अध्यक्षमा काँग्रेसका कमलरतन दनुवारले ५०३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेन्द्रबहादुर दनुवार ३८४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन सेलले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप