शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विद्यार्थी लिन गएको बसले कुल्चेर ९ कक्षामा अध्ययनरत छात्राको मृत्यु

सोमबार, ०८ जेठ २०७४, ०८ : ४७
सोमबार, ०८ जेठ २०७४
-अमित अग्रवाल जेठ ८, विरगन्ज - आज विहान विरगन्जको महावीरआस्थानमा स्कुलको विद्यार्थी लिन गएको बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ । विरगन्जमा रहेको देल्ही पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको मृत्यु भएको रातोपाटी संवाददाताले बताएका छन् । बिहान ८ ३० बजेतिरको समयमा ना २ ख ८९३ नम्बरको बसले कुल्चेर बालिकाको ज्यान गएको हो ।  घटनापछि स्थानीय निकै आक्रोशित भएका छन्, स्थिति तनावपूर्ण छ । प्रहरीले बस र चालकलाई नियान्त्रणमा लिएको छ । रातोपाटी संवाददाताका अनुसार: -बालिका स्कुल जाने तयारीमा थिइन् । -स्कुलको बस आइपुग्यो । -बालिका लाई बसले ठक्कर दियो, उनी सडकमा लड्न पुगिन । -बसले बालिकालाई कुल्चियो । -गाडि ब्याक गरेर बालिकालाई कुल्चिएको प्रतक्ष्यदर्शीले जनाएका छन् । कक्षा ९ मा अध्ययनरत १३ बर्षीया छात्रा स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप