रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु नभएपछि उद्योग प्रभावित
सोमबार, ०८ जेठ २०७४, ०९ : ०४
वीरगन्ज - रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण सम्पन भएको दुई महिना बितिसक्दा पनि सुचारु हुन नसक्दा यस क्षेत्रका उद्योग प्रभावित भएका छन् ।
सीमावर्ती भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरसम्म रहेको सो १३२ केभी प्रसारण लाइन निर्माण भएको दुई महिना बितिसक्दा पनि हालसम्म सो लाइन सुचारु नहुँदा भोल्टेजको अभावको कारण यस क्षेत्रका उद्योगले आफ्ना पुर्ण क्षमतामा उत्पादन बढाउन सकेका छैनन् । हालसम्म विद्युत् सुचारु हुन नसकेको बारे जिज्ञासा राख्दा आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले पावर किन आएन सोबारे थाहा हुन नसकेको बताए ।
भारत सरकारको करिब एक करोड भारतीय रुपैयाँको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फको परवानीपुरसम्म दुई वटा सवस्टेसन निर्माण गरिएको छ । रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु भएपछि विद्युत् भार कटौतीको भार खेपिरहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरमा विद्युत् भार कटौती मुक्त हुने विश्वास लिए पनि हालसम्म सो प्रसारण लाइन सुचारु नहँुदा भोल्टेजको अभावले त्यस क्षेत्रका उद्योगले प्रतिमहिना करौडो रुपैयाँ नोक्सानी व्यर्होदै आएको पीडित उद्योगीको गुनासो छ । भोल्टेजको अभावमा उत्पादन प्रभावित हुनुका साथै कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केडियाले प्राधिकरणले यसप्रति चासो नदेखाएकाले लाइन सुचारु हुन नसकेको गुनासो गरे ।
भारतको विहार सरकारले रक्सौलस्थित निर्माण गरेको सवस्टेसन नेपाल भारतको दशगजा क्षेत्रसम्म चार किलोमिटर लाइन भारतीय क्षेत्रमा पर्दछ भने नेपालतर्फ परवानीपुरसम्म १३ किलोमिटर क्षेत्र पर्दछ ।
भोल्टेजको कमीले मोटर जल्ने सम्भावना बढिरहेकाले यस क्षेत्रमा रहेका करिब ८०० भन्दा बढी उद्योग प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण