मध्यपुरथिमिको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस अगाडि
सोमबार, ०८ जेठ २०७४, ०९ : १८
भक्तपुर - मध्यपुरथिमि नगरपालिका–८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार देवकृष्ण मथ :श्रेष्ठ विजयी भएको छ ।
श्रेष्ठले एक हजार ४२ मत प्राप्त गरेका छन् भने उनका निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलकृष्ण प्रजापतिले ९९२ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला वडा सदस्यमा नेपाली काँग्रेसकी रमिता जिमा साय श्रेष्, दलित महिला सदस्यमा एमालेकी मन्दिरा थापा नेपाली, सदस्यमा नेपाली काँग्रेसका दिपेन धिके र अर्का सदस्यमा नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी भएका छन् ।
मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ १३ हजार ८६ मतका साथ अग्रस्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अष्ट कवेँ नौ हजार ८९१ मतले पछाडि छन् ।
उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार अञ्जना मधिकर्मी नौ हजार ९२९ मतका साथ अग्रस्थानमा छन् भने नेमकिपाका उम्मेदवार केदार खड्का सात हजार ३५६ मतका साथ पछाडि हुनुहुन्छ ।
मध्यपुरथिमि नगरपालिका–९ को मतगणना सुरु भएको छ भने आज रातिसम्ममा अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण