शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

के मुस्लिम देशमाथि ट्रम्पको दृष्टिकोण फेरिँदो छ ?

सोमबार, ०८ जेठ २०७४, ०९ : २५
सोमबार, ०८ जेठ २०७४
बीबीसी जेठ ८ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रियाममा ४० भन्दा बढि मुस्लिम देशका नेतालाई सम्बोधन गर्दै साउदी अरबको आफूमाथि गरेको व्यवहारलाई मनैदेखि तारिफ गरेका छन् । यद्यपी, राष्ट्रपति ट्रम्पले आफ्नो भाषणको प्रयोग अरब र मुस्लिम देशलाई कडा सन्देश दिनका लागि गरेका छन् । उनले कि त चरमपन्थलाई बढाउने विचारधारासँग लड्न वा त आउँदा थुप्रै पीढिसम्म यसका लागि संधर्ष गरिरहन तयार हुनुपर्ने स्पष्ट पारेका छन् । ट्रम्प साधारणतया आफ्नो तिखो भाषणका लागि परिचित छन् तर यसपटक उनी आफ्नो तरिका विपरित निकै संयमित रहे । ट्रम्पले साउदी अरबको क्षेत्रीय प्रतिद्वन्द्वी इरानको पटक–पटक आलोचना गरे र यसले खाडीको अरब देशका नेताहरु पक्कै पनि खुसी भएको हुनुपर्छ । आफ्ना पूर्ववर्ती बराक ओबामाजस्तै अहिलेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो भाषणमा मानवअधिकार वा प्रजातन्त्र बारे केही पनि बताएनन् । यद्यपी, उनले महिलाको दमनको आलोचना अवश्य गरे । खाडी क्षेत्रमा सोसल मिडियामा ट्रम्पको भाषणको विषयमा विभिन्न प्रकारका तिखो प्रतिक्रिया पनि आए । केही मानिसहरुले साउदी अरबमा महिलालाई गाडी चलाउन प्रतिबन्ध छ र यहाँ लोकतान्त्रिक चुनाव पनि हुँदैन भनी स्मरण गराए । अर्कोतर्फ इरानमा, जसमाथि ट्रम्पले मध्यपूर्वको अहिलेको संघर्षबाट पछि हटेको आरोप लगाए, महिला गाडी चलाउन सक्छन् र त्यहाँ भर्खरै मात्र राष्ट्रपति चुनाव भएको छ । विश्लेषकले ट्रम्पको भाषणमा परिवर्तन देखिएको बताएका छन् । ट्रम्प मुश्लिम देशसँग आफ्नो सम्बन्धलाई पुनः एकपटक परिभाषित गर्ने कोसिस गरिरहेका छन् । ट्रम्पले अहिलेसम्म मुसलमानविरुद्ध थुप्रै विवादास्पद बयान दिइसकेका छन् । पछिल्लो वर्ष दिएको एक साक्षात्कारमा उनले भनेका थिए, ‘मलाई लाग्छ, इस्लामले हामीलाई घृणा गर्दछ ।’ ट्रम्पले आफ्नो भाषणमा एकपटक पनि ‘कट्टरपन्थी इस्लाम आतंकवाद’ जस्तो वाक्यको प्रयाृेग गरेका छैनन् । ट्रम्प योभन्दा पहिले यो शब्दावलीको अत्यधिक प्रयोग गर्दथे र संसारभरीका मुसलमान यसलाई अपमानजनक मानिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप