भारुसहित भारतीय नागरिक पक्राउ
सोमबार, ०८ जेठ २०७४, १० : ००
बनियानी झापा - भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले भारु तीन लाख ३३ हजार ६४० सहित सुब्बालाई मेचीनगरपालिका–६ स्थित भन्सारको मूलगेटबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण