किन पर्यो प्रेस काउन्सिलका अध्यक्ष बराल विरुद्ध सर्वोच्चमा रिट ?
मङ्गलबार, ०९ जेठ २०७४, १९ : २५
काठमाडौँ, ९ जेठ – सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय बैकुण्ठप्रसाद भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, प्रेस काउन्सिल नेपाललगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा बराललाई कानुन विपरीत नियुक्ति गरेको उल्लेख गर्दै बदर गर्न माग गरिएको छ ।
रिट निवेदनमा प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) मा काउन्सिलको अध्यक्ष बन्न सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको व्यक्तिमध्येबाट नेपाल सरकारबाट नियुक्त व्यक्ति अध्यक्ष हुने कानुनी प्रावधानलाई बेवास्ता गर्दै बराललाई सो नियुक्ति गरेको रिट निवेदनमा उल्लेख छ ।
प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) (क) को योग्यता नै नपुगेका व्यक्तिलाई नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्वाचन आचारसंहिताको अवज्ञा गरी नियुक्तिका लागि स्वीकृति प्रदान गरेकामा प्रेस काउन्सिलको अध्यक्ष पदमा स्वेच्छाचारी रुपमा र कानुनविपरीत मनोनित गरेको रिट निवेदनमा उल्लेख गरिएको छ ।
यही जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले वराललाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण