अझै १३ स्थानीय तहको मतपरिणाम आउन बाँकी
मङ्गलबार, ०९ जेठ २०७४, १९ : ३३
काठमाडौँ, जेठ ९ – पहिलो चरणको स्थानीय तह निर्वाचनबाट १२ हजार ५६३ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले औपचारिकरुपमा जानकारी गराएको छ । तर अझै १३ स्थानिय तहकोको मतपरिणाम आउन बाँकी रहेको छ ।
संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार आज साँझ ५ बजेसम्ममा २८३ वटा स्थानीय तहमध्ये २७० स्थानीय तहको मतगणना कार्य सम्पन्न उम्मेदवारको विवरण प्राप्त भएको छ । अब १३ स्थानीय तहको मतदानको पूर्ण विवरण प्राप्त हुन बाँकी नै रहेको आयोगले जनाएको छ ।
पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष २७०, उपाध्यक्ष÷उपप्रमुख २७०, वडाध्यक्ष दुई हजार ४३२, वडा सदस्य चार हजार ८५६, महिला सदस्य दुई हजार ४२७ र दलित महिला सदस्य दुई हजार ३०८ निर्वाचित भइसकेका छन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचन गत वैशाख ३१ गते मुलुकका तीन प्रदेशका ३४ जिल्लामा २८३ स्थानका १३ हजार ५५६ पदका लागि भएको थियो । निर्वाचन आयोगका अनुसार दलगतरुपमा नेपाली काँग्रेसका चार हजार ३०६, नेकपा ९एमाले०का पाँच हजार ५५४, माओवादी केन्द्रका दुई हजार २८४, राप्रपाका १०१, नेमकिपाका ९३, जनमोर्चाको ८१, नयाँ शक्तिका ५७, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पाँच, राष्ट्रिय जनमुक्तिका एक र परिवार दलको एक जनप्रतिनिधिको हालसम्म चयन भइसकेको छ ।
पहिलो चरणको निर्वाचनमा अध्यक्ष तीन, उपाध्यक्ष पाँच, वडा अध्यक्ष २५, सदस्य २५, महिला सदस्य १४, दलित महिला सदस्य आठ गरी ८० जना स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण