शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन आयोगले भन्यो– ललितपुरको मतगणना फेरि गर्नु पर्दैन

मङ्गलबार, ०९ जेठ २०७४, १९ : ४८
मङ्गलबार, ०९ जेठ २०७४
ललितपुर, जेठ ९– ललितपुर महानगरपालिकाको मतगणना पुनः दोहोर्याएर गर्नु नपर्ने निर्वाचन आयोगले स्पष्ट गरेको छ । निर्वाचन आयोगका कर्मचारीले मतपेटिका तलमाथि गरेको आरोप लगाउँदै एमालेले पुनः मतगणनाको माग गरेको थियो । पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमालेले उजुरी दिएपछि आयोगले पुनः गणना गर्नुनपर्ने भन्दै बाँकी मतगणना गर्न निर्देशन दिएको छ । वडा नम्बर ४,८ र ९ को मतपेटिकामा निर्वाचन आयोगका कर्मचारी सुरेश थापाले तलमाथि गरेको आरोप लगाउँदै विरोध जनाएपछि मतगणना अबरुद्ध बनेको भएको थियो । एमाले कार्यकर्ताले तीन वडाको पुनः मतगणना हुनुपर्नेमा माग राखेका थिए । आयोगले बाकी मतगणना गर्न निर्देशन दिएपछि वडा नम्बर २९ को मतगणना गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप