शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा–लेखनाथ मनपा–१७ र १९ मा एमाले विजयी

मङ्गलबार, ०९ जेठ २०७४, २० : २९
मङ्गलबार, ०९ जेठ २०७४
पोखरा, जेठ ९ – पोखरा–लेखनाथ महानगरपालिका–१७ र १९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा नं १७ को वडाध्यक्षमा एमालेका तीर्थ अधिकारीले तीन हजार ४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पुण्डरी बरालले एक हजार ७८३ मत प्राप्त गर्नुभएको हो । त्यस्तै एमालेबाटै महिला सदस्यमा शान्तादेवी गुरुङ, दलित महिला सदस्यमा तारा परियार र खुल्ला सदस्यमा राधिकाकुमारी शाही र वैकुण्ठ भण्डारी निर्वाचित भएका छन् । यसैगरी वडा नं १९ को वडाध्यक्षमा एमालेकै शोभामोहन पौडेलले दुई हजार ४८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्पेन्द्र पाण्डेले एक हजार ९६० मत प्राप्त गर्नुभएको हो । सो वडाको महिला सदस्यमा एमालेकै कोपिला केसी, दलित महिला सदस्यमा तारा परियार, खुल्ला सदस्यमा कोमलप्रसाद शर्मा र कृष्णप्रसाद गौतम निर्वाचित हुनुभएको छ । महानगरको २० वटा वडाको मतगणना सकिँदासम्म महानगरप्रमुखमा एमालेका मानबहादुर जिसीले ३४ हजार १२७, काँग्रेसका रामजी कुँवरले २७ हजार ८३२, उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले ३२ हजार २३५ र काँग्रेसकी सरस्वती गुरुङले २६ हजार २५९ मत प्राप्त गर्नुभएको छ । अहिले २१, २२, २३ र २४ वडाको मतगणना भइरहेको छ । महानगरमा ३३ वडा छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप