एकाधिकार तोड्दै भोलिबाट चल्ने भो भक्तपुरमा साझा बस
मङ्गलबार, ०९ जेठ २०७४, २० : ३३
भक्तपुर, जेठ ९ – भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ ।
भक्तपुरमा बस सञ्चालन गर्ने साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म भोलि बिहान ६ः३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याउने भएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिए ।
पाण्डेले भने, ‘भोलि बिहान ६ः३० बजे पुल्चोकबाट भक्तपुरका लागि पहिलो साझा बस छुट्नेछ, प्रत्येक दिन बिहान ६ः३० देखि राति ९ बजेसम्म बस चल्नेछ ।’ साझा यातायातले काठमाडौँको स्वयम्भूबाट कलङ्की, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, मीनभवन, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशल्टार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी हुँदै सूर्यविनायकसम्म जाने र फर्कने रुट निर्धारण गरेर बस सञ्चालन गर्न लागेको उनले बताए ।
सूर्यविनायकबाट फर्कने क्रममा भने केही रुट परिवर्तन गरिएको छ । फर्कंदा भक्तपुरबाट माइतीघर पुरानै रुटअनुसार आउने र त्यहाँबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घन्टाघर, पुरानो बसपार्क, सहिदगेट, त्रिपुरेश्वर, कलङ्की हुँदै स्वयम्भू पुग्ने प्रमुख कार्यकारी निर्देशक पाण्डेले बताए ।
स्वयम्भूबाट भक्तपुरसम्म पुगेको बस भाडा भने साझाले रु २५ मात्रै निर्धारण गरेको छ । साझाको उपत्यकामा सञ्चालनमा रहेका ४४ वटा बसलाई व्यवस्थापन गरेर भक्तपुरसम्म लैजान लागेको उनले बताए। साझाले भक्तपुरको नयाँबाटो र पुरानो बाटो गरी दुवै रुटमा बस सञ्चालनका लागि अनुमति माग गरे पनि यातायात व्यवस्था विभागले भने नयाँ रुटमा मात्रै बस सञ्चालन गर्ने अनुमति दिएको पाण्डेले बताए।
कार्यकारी निर्देशक पाण्डेले भने, ‘पहिलो चरणमा भक्तपुरको नयाँ बाटोमा मात्रै अनुमति पाएका छौँ, यहाँ २० वटा बस सञ्चालन गर्नेछौँ, विभागले पुरानो बाटोका लागि पनि अनुमति दिएलगत्तै दुईवटै रुटमा साझाका बस सञ्चालन गर्छौं ।’
साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, निकोसेरा, ब्यासी हुँदै कमलविनायक भएर नयाँ बाटो हुँदै फर्किने गरी रुट मागे पनि हाललाई त्यो रुट भने पाउन सकेन । साझाका ४६ बसमध्ये हाल दुईवटा बस लामो दूरीमा सञ्चालन गरे पनि लामो दूरीका लागि बस थप्न १२ वटा नयाँ डिलक्स बस खरिद प्रक्रियामा अगाडि बढाएको उनले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण