शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामबहादुरको उपचारमा मोना युएईको सहयोग

बुधबार, १० जेठ २०७४, ०९ : ४४
बुधबार, १० जेठ २०७४
बेनी म्याग्दी  - मङ्गला गाउँपालिका–१ कुहूँ पूर्णगाउँका रामबहादुर पाण्डेको उपचारमा म्याग्दी प्रवासी नेपाली सङ्घ मोना युएईले रु ५० हजार आर्थिक सहयोग गरेको छ । घरायसी प्रयोजनका लागि रूखमा दाउरा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका पाण्डेको उपचारका लागि सङ्कलन गरिएको रकम मङ्गलबार एक कार्यक्रमबीच मोना युएईका सचिव सुवास राम्जालीले अभियानका संयोजक बाबुराम आचार्यलाई हस्तान्तरण गरे । मेरुदण्डमा गम्भीर चोट लागेपछि घाइते भएका पाण्डेलाई काठमाडाँैको ट्रमा सेन्टरमा उपचार गरी हाल पोखरामा ल्याइएको छ । आर्थिक अवस्था कमजोर रहेका पाण्डेको दुवै खुट्टा चल्ने अवस्थामा नभएको र थप आर्थिक आवश्यकता रहेकाले उपचारमा सहयोग गर्न अपिलसमेत गरेका छन् । हालसम्म अभियानमा नगद कुल रु १ लाख ९४ हजार ८०४ सङ्कलन गरिएको छ । अभियानमा पूर्णगाउँको राष्ट्रिय जनजागृति माविका शिक्षक र विद्यार्थीले १० हजार ९९०, अमेरिकामा रहेका हिराबहादुर खत्रीले रु पाँच हजार ५०० समेत सहयोग गरेका छन् । म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुरु गरेको आर्थिक सङ्कलन अभियानमा स्वदेश तथा विदेशमा समेत सहयोग सङ्कलन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप