दाङको कोइलावासमा खानेपानीको सङ्कट
दाङ, १० जेठ । नेपाल भारत सिमानामापर्ने दाङको कोइलावासमा खानेपानीको सङ्कट भएको छ । भएका पानीका स्रोत सुकेपछि अहिले कोइलावासका बासिन्दालाई खानेपानीको सङ्कट परेको हो ।
खोलामा निरन्तर ढुङ्गाजन्य वस्तुको दोहन र मुहानको संरक्षण नहुदा धारामा पानी आउन छाडेको छ भने कुँवा पनि सुकेपछि पानीको हाहाकार भएको स्थानीयवासी रसिव सिद्धिकीले बताए ।
नेपाली भू–भागमा पानीका स्रोत सबै सुकेपछि कोइलावासी भारतमा पुगेर पानी ल्याउन बाध्य छन् । सिमानामा रहेको भारतीय सुरक्षाबल एसएसबिको शिविरबाट नेपालीले पानी ल्याउने गरेका छन् । कुनै बेला राप्ती अञ्चलकै व्यापारिक द्वार रहेको कोइलावास अहिले भने विकासमा निकै पछाडि परेको छ । साविकको कोइलावास गाविस अहिले गढवा गाउँपालिका– ८ बनेको छ ।
करिब दुई हजार जनसङ्ख्या कोइलावासमा खानेपानी व्यवस्थापनका लागि झन्डै १० वर्षदेखि साविक जिल्ला विकास समितिबाट खानेपानीको योजना परे पनि हालसम्म कार्यान्वयनमा कसैले पनि चासो नदेखाएकाले यहाँका जनता फागुन, चैतदेखि असारसम्म खानेपानी लिन भारत जानुपर्ने बाध्यता भएको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण