जेएनयुकी छात्रामाथि आपत्तिजनक टिप्पणी गर्ने अभिजितको ट्वीटर बन्द, समर्थनमा सोनु
मुम्बई, जेठ १० – समाजिक सञ्जाल ट्वीटरले भारतीय गायक अभिजित भट्टाचार्यको एकाउण्टलाई सस्पेन्ड गरेको छ । अभिजितले जेएनयुकी एक छात्राबारे अपमानजनक भाषामा ट्वीट गरेका थिए ।
अहिले अभिजितको ट्वीटरमा लेखिएको एकाउण्ट सस्पेन्डड ।
अभिजितले २२ मेमा जेएनयुकी छात्रा शेहला राशिद समेत केही महिला ट्वीटर प्रयोगकर्ताविरुद्ध आपत्तिजनक भाषाको प्रयोग गरेका थिए । जसका विरुद्ध ट्वीटरमा उनीविरुद्ध उजुरी गरिएको थियो ।
जेन्युकी विद्यार्थी संगठनकी पूर्व अध्यक्षविरुद्ध उनले लेखेका थिए, ‘हल्ला छ कि उनी दुई घण्टाका लागि अग्रिम भुक्तानी लिएकी थिइन् तर ग्राहकलाई सन्तुष्ट गर्न सकिनन् । ठूलो र्याकेट ।’
यसअघि पत्रकार स्वाती चतुर्वेदीविरुद्ध अपमानजनक ट्वीट गरेबापत गत जुलाईमा उनी पक्राउ परेका थिए । पछि जमानतमा उनी रिहा भएका थिए ।
यता, अभिजितको समर्थनमा अर्का गायक सोनु निगमले उनको समर्थन गरेका छन् । उनले अभिजितभन्दा पनि खराब गाली गलौच, धम्की आउने बताउँदै ९० प्रतिशत ट्वीटर एकाउण्ट बन्द गर्नुपर्ने बताएका छन् । उनले आफ्नो ट्वीटर बन्द गर्ने घोषणा समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण