प्रदेश ६ मा ३ बजे मुख्यमन्त्रीको सपथ : मन्त्रीको अझै लागेन टुङ्गो
सुर्खेत– प्रदेश नं. ६ मा मुख्यमन्त्रीको सपथ शुक्रबार तीन बजेका लागि तय भएको छ । प्रदेश प्रमुखले बिहिबार मूख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश नंबर ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई नियुक्त गरेपछि शुक्रबार दिँउसो ३ बजेका लागि सपथको कार्यक्रम तय गरिएको हो ।
मुख्यमन्त्रीको सपथ लगतै सानो आकारको मन्त्रीमण्डल बनाँउने तयारी भएपनि एमालेसँग बिहान भएको बार्ता सफल हुन सकेन । सहमति जुटाउन माओवादी नेता शक्ति बस्नेत सुर्खेत आएपछि छलफल हुने माओवादी सांसद नरेश भण्डारीले जानकारी दिए ।
मन्त्रीको अझै टुङ्गो लागेन
मुख्यमन्त्रीको सपथ ग्रहणका लागि केही घण्टा समय बाँकी रहँदा मन्त्री बन्नेको टुङ्गो लागिसकेको छैन । यसअघि एमालेबाट प्रकाश ज्वालाको नेतृत्वमा मन्त्री बन्ने चर्चा भएको थियो ।
उता, माओवादीको भागमा परेको २ मन्त्रालयमा १ जना महिला र एक जना पुरुष सांसद मन्त्री हुने भएका छन् । माओवादीका सबै सांसद मन्त्रीका दावेदार रहेको माओवादी रुकुमकी सांसद बिमला केसीले बताइन् । ‘म पनि मन्त्रीको दावेदार हुँ’ उनले बताईन् । माओवादी केन्द्रका १३ सांसदमध्ये ४ जना महिला छन् । कृष्णा शाह जाजरकोट, बिमला केसी र पुष्पा घर्ती रुकुम तथा सीता नेपाली सुर्खेतबाट निर्वाचित भएका हुन् । केसी र नेपाली दुबै यसअघि प्रतिनिधि सभाका सदस्य भैसकेका थिए । घर्तीले उपसभामुख ताकेकी छिन् भने नेपाली र केसी मन्त्री बन्न शक्तिकेन्द्र धाइरहेका छन् ।
पुरुष सांसदहरुमध्ये अधिकांशले मन्त्री बन्न खोजेका छन् । मुख्यमन्त्रीका दावेदार रहेका जुम्लाका सांसद नरेश भण्डारीले पनि मन्त्री ताकेका छन् । मन्त्रीका आंकाक्षी धेरै भएपनि सहमति निकाल्न माओवादीलाई मुस्किल परेको छ ।
यता एमालेबाट प्रकाश ज्वालाको नेतृत्वमा मन्त्रीहरु पठाँउने बारेमा छलफल भएपनि अन्य मन्त्री कसलाई बनाँउने भन्नेमा निर्णय हुन सकेको छैन ।
एमाले सांसद सुशील थापाका अनुसार प्रकाश ज्वाला संसदीय दलको नेताका आकांक्षी थिए । दलको नेतामा यामलाल कँडेल जानेभएपछि उनले आफ्नो दावी छोडेका थिए । यो प्रदेशमा एमालेका २० सांसद छन् ।
दुईदलबीच यसअघि नै माओवादीले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालय पाउने सहमति भएको थियो । एमालेबाट सांसदहरु सुशील थापा, अम्मर थापा, दलबहादुर रावल, राजु नेपाली, देवी वलीलगायतका मन्त्रीका आकांक्षी देखिएका छन् ।
मुख्यमन्त्रीलाई स्वागत गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालयमा सरसफाई चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण