बच्चाको आँखामा यसकारण हुन्छ एलर्जी
बुधबार, १७ जेठ २०७४, १० : ०२
डा. इन्दुप्रसाद ढुंगेल आँखारोग विशेषज्ञ नेपाल आँखा अस्पताल
गर्मी मौसममा बालबालिकाहरूको आँखामा एलर्जीको समस्या देखिन्छ । अझ विशेषगरी ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकामा आँखाको एलर्जी बढी देखिने गर्छ । गर्मी मौसममा एलर्जीका कीटाणुहरू सक्रिय हुन्छन् । बिरुवामा नयाँ पात पलाउने र फूल फुल्ने यो मौसममा बालबालिकाका आँखा रातो हुने, चिलाउने, डिल सुन्निने, सेतो तरल पदार्थ निस्कने जस्ता समस्या हुन सक्छन् । प्रत्येक वर्ष यही मौसममा बच्चाको आँखामा हुने एलर्जीबारे आँखारोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल यसो भन्छन् :
बच्चाको आँखामा एलर्जी हुने ग्रन्थिहरू केही बढी हुन्छन् । उमेर बढ्दै गएपछि एलर्जी हुने ग्रन्थिहरू पनि कम हुँदै जान्छन् । यो उमेर समूहका बालबालिकामा आँखामा एलर्जी भयो भने खासै आत्तिनुपर्दैन । औषधिको प्रयोग गर्नेबित्तिकै एलर्जी कम हुन्छ ।
बालबालिकालाई बढी घाममा वा तातोमा राख्नु हुँदैन । धेरै बेर घाममा बस्दा पनि आँखामा एलर्जी हुन सक्छ । घामको किरण सीधै आँखामा पर्दा अत्यधिक तातोले आँखामा एलर्जी हुन्छ ।
बाहिर हिँड्दा आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने बानी बसाउनुपर्छ । त्यस्तै, टाउकोमा ह्याट लगाउने बानीले पनि सीधै आँखामा कीटाणु पर्दैन ।
यो रुखमा पालुवा पलाउने र फूल फुल्ने मौसम हो । त्यसैले सकेसम्म रुखको फेदमा बस्नु हुँदैन भने फूल वा बगैँचातिर पनि नजानु राम्रो हुन्छ ।
यसप्रकारको एलर्जीले ५ देखि ८ वर्ष उमेर समूहका बालबालिकालाई सताउँछ । युवा उमेरमा भने कम हुँदै जान्छ । घरबाहिर गएर आएपछि साबुनपानीले हात धुनुपर्छ । दिनको तीनपटक सफा पानीले आँखा धुनुपर्छ । यसरी हात धुँदा ८० प्रतिशत कीटाणु नष्ट हुन्छ ।
बालबालिकामा देखिने यी लक्षणहरू एलर्जीको मात्र नभएर अन्य रोगका लक्षण पनि हुन सक्छन् । त्यसैले यस्ता लक्षण देखिए तुरुन्त चिकित्सककोमा जानुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण