धुम्रपानबारे झुटा हुन् यी पाँच कुरा, के हो वास्तविकता ?
एजेन्सी जेठ १७ – धुम्रपानबारे विभिन्न प्रकारका भ्रम प्रचलित छन् जस्तै यदि स्वस्थ खानाको सेवन गरे यसको नकारात्मक असर कम हुन्छ । तर यो कुरा एकदम गलत हो । यस्ता विभिन्न भ्रम छन् । आज (३१ मार्च) मा वर्ल्ड नो टोबेको डेको मौकामा धुम्रपानका केही भ्रमबारे कुरा गरिएको छ र यसका वास्तविताबारे पनि ।
डब्लूएचओका अनुसार संसारमा हरेक वर्ष लगभग ६४ लाख मानिसहरुको मृत्यु धुम्रपानका कारण हुन्छ । यसको गम्भीरता देखेर डब्लूएचओले सन् १९८७ देखि वर्ल्ड नो टोबेको डे मनाउने निर्णय गरेको छ ता कि मानिसहरुलाई धुम्रपानको नोक्सानीबारे जागरुक गराउन सकियोस् ।
भ्रम १ः चुरोट पिउनुका साथै यदि खानपिन स्वस्थ भयो भने त्यसले हानी गर्दैन ।
वास्तविकताः चुरोटको प्रत्यक्ष असर फोक्सोमा पर्छ जसको खानपिनसँग कुनै सम्बन्ध हुँदैन । त्यसकारण स्वस्थ खानपिनका बाबजुद पनि चुरोटले आफ्नो असर देखाउन छोड्दैन ।
भ्रम २ः लाइट वा माइल्ड चुरोटले धेरै हानी गर्दैन ।
वास्तविकताः अनुसन्धानका अनुसार लाइट चुरोट पिउने बेला प्रयोगकर्ताले अत्यधिक धुँवा तान्ने गर्दछ जसका कारण लाइट चुरोटले पनि अन्य साधारण चुरोटले जस्तै हानी पुर्याउँछ ।
भ्रम ३ः ई–सिगरेटले हानी गर्दैन ।
वास्तविकताः अनुसन्धानका अनुसार ई–सिगरेटमा पनि साधारण चुरोटजस्तो हानिकारक रसायन पाइन्छ । यसले पनि क्यान्सरको समस्या निम्त्याउन सक्छ ।
भ्रम ४ः चुरोटमा पाइने निकोटिन र टारले मात्र हानी गर्दछ ।
वास्तविकताः चुरोटमा निकोटिज र टार मात्र हुने कुरा गलत हो । यसका साथै यसमा एरोमेटिक हाईड्रोकार्बनजस्ता विभिन्न हानिकारक रसायन पाइन्छ जसले क्यान्सरको समस्या पैदा गर्दछ ।
भ्रम ५ः यदि चुरोटको मात्रा कम गरियो भने त्यसले नोक्सानी गर्दैन ।
वास्तविकताः दिनभरी चाहे एउटा मात्र चुरोट पिउनुहोस् तर यसले फोक्सोलाई हानी गरेकै हुन्छ । त्यसकारण चुरोटलाई कम गर्ने होइन यसलाई छोड्दा नै राम्रो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण