जब बंगलादेशी राजदूतले तिलौराकोट अवलोकन गरे
कपिलवस्तु - नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्दे फास्मले प्राचिन कपिलबस्तु तिलौराकोटको भ्रमण तथा अवलोकन गरेका छन् ।
राजदुत मास्फी सहितको ११ सदस्यीय टोलीले शुक्रवार भगवान गौतम बुद्धले २९ बर्ष जीवन ब्यतित गरेको प्रवित्र स्थल तिलौराकोटको भ्रमण गरेको हो ।
टोलीले तिलौराकोटलाई बिश्व सम्पदा सुचीमा सुचिकृत गर्नका लागी भइरहेको उत्खनन् तथा अन्वेशषणको समेत चासोका साथ अवलोकन गरेको छ ।
कपिलबस्तुका पुरातात्विक स्थलहरुको संरक्षण तथा प्रवद्र्धनका लागी बगंलादेश सरकारले बिशेष सहयोग गर्ने राजदुत मास्फीले बताएको लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले रातोपाटीलाई बताए । तिलौराकोटमा भइरहेको उत्खनन्को बिषयमा पढेको र सुनेकोले चासोका साथ यहा आएको राजदुत मास्फीले बताए ।
तिलौराकोटमा भइरहेको उत्खनन् तथा अन्वेशषणको बारेमा लुम्बिनी बिकास कोषको सम्पर्क कार्यालय तिलौराकोटका प्रमुख माधव प्रसाद आचार्यले टोलीलाई अबगत गराएका थिए ।
भ्रमणमा आएका राजदूत सहितको टोलीलाई लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवाली सहित पुरातात्विक अधिकृतहरु हिमाल उप्रेती, कृष्ण केसी, धु्रवनारायण पाण्डे, राम कुवंर लगायतको टोलीले स्वागत गरेको यियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण