शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कसको शिरमा जाला मिस नेपालको ताज : आज फैसला हुँदै

शुक्रबार, १९ जेठ २०७४, १५ : ५६
शुक्रबार, १९ जेठ २०७४

काठमाडौं, जेठ १९ –२२ औं संस्करणको ‘मिस नेपाल २०१७’ आज साँभ छानिने छ । अन्नपुर्ण होटल दरबारमार्गमा भब्य कार्यक्रम सहित छानिने मिस नेपालको ताजले आफ्नो शिरमा सजाउन १९ युवती मैदानमा उत्रिएका छन् ।

देशको विभिन्न जिल्लाहरुबाट शहरको प्रतिनिधित्व गर्दै सहभागी युवतीहरु अनेक प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिन लागेका हुन् ।

प्रतियोगीताका लागि युवतीहरुले कार्यशाला, क्लोज क्याम्प, जंगल क्याम्प लगायतका धेरै प्रशिक्षण समेत लिएर आफुलाई प्रतिभासाली बनाएका छन् ।

सहभागी युवतीहरु इन्जिनियरिङ, पत्राकारिता, नर्सिङ, व्यवस्थापन आदि विषयमा स्नातकोत्तर, स्नातक तह उत्तीर्ण तथा अध्ययनरत छन् ,भने कोही विदेशबाट समेत प्रतियोगीताका लागि आएको आयोजक द हिडन ट्रेजलले जनाएको छ । आफ्नो जागिरमा महिनौ बिदा मिलाएका र बिभिन्न सौदर्य प्रतियोगीताको उपाधी हात परेका युवती समेत प्रतियोगीताको स्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप