कांग्रेस सभापतिको घर छेउमा ड्रम आतंक
शुक्रबार, १९ जेठ २०७४, १६ : ४७
पर्सा, जेठ १९ – बीरगञ्जको मुरली चोकमा ड्रम आतंक मच्चिएको छ ।
वीरगञ्ज नगरपालिका वडानम्बर १२ मुरलीचोकस्थित नेपाली कांग्रेसका क्षेत्रिय सभापति अरविन्द गुप्ताको घर छेउमा अपरिचत व्यक्तिले पानी भर्ने ड्रम छोडेर हिँडेपछि सर्वसाधारणले बम राखेको आशंका गरेका छन् ।
ड्रम राखेको धेरैवेर सम्म पनि कोही लिन नआएपछि बम राखिएको हुनसक्ने भन्दै त्यस क्षेत्रमा आतंक मच्चिएको छ । उक्त ड्रम अपरिचति व्यक्तिले दिउँसो १२बजे राखेको स्थानीयले बताएका छन् । बम भएको आशंकामा सर्वसाधारणहरुमा भागाभाग समेत भएको छ ।
स्थानीयले घटनाबारे प्रहरीलाई खवर गरेपछि आएको प्रहरीले त्यस क्षेत्रमा सर्वसाधारणलाई जान रोक्नुका साथै बम डिष्पोजल टोलीलाई खवर गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’को प्रचार गीतप्रति महिला शिक्षक समाजकाे आपत्ति, हटाउन माग
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण