भ्रष्टाचार विरोधी अभियानमा नागरिक समूहको सक्रियता
भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेर छोटो समयमै चर्चामा आएको संस्था हो — नागरिक समुह । साढे तीन वर्षअघि तत्कालिन समयमा संविधान निर्माणको लागि दवाव दिने उद्देश्यले निगम हुमागाईँको अध्यक्षतमा जन्मिएको हो—समूह । राजनीतिमा युवा सहभागिता, सुशासन, पारदर्शिता तथा जवाफदेहिताको सवालमा केन्द्रीत रहँदै आएको समूहका विविध पक्षबारे प्रवक्ता जयराम सिग्देलले रातोपाटीलाई यसरी बेलिविस्तार लगाएका छन्ः
नागरिक समूह युवाहरुको सहभागितामा बनेको गैरराजनीतिक संगठन हो । तर यसले राजनीतिक विषयमा चासो चाहिँ राख्छ । राजनीतिमा युवा सहभागिता हुनुपर्छ र युवाकै सहभागितामा देश बनाउन सकिन्छ भन्ने समूहको धारणा रहेको छ । भ्रष्टाचारमुक्त समाजको परिकल्पनाबाट देशलाई विकासको दिशामा लम्काउन सकिन्छ भन्ने अठोटका साथ हामीले निरन्तर सभा, समारोह तथा सम्मेलनमार्फत सम्बन्धित पक्षलाई, ध्यानाकर्षण गराउने, खबरदारी गर्ने र घच्घच्याउने काम गर्ने आएको छौं र यो क्रमलाई निरन्तरता दिइनै रहने छौं ।
‘नेशन’ (राष्ट्र)को विषयमा आम नागरिक चिन्नित थिए । पहिलो संविधानसभा विघटन भइसकेको थियो । दोस्रो संविधानसभाबाट पनि संविधान बन्ने—नबन्नेमा कुनै टुंगो थिएन । यस्तो अवस्थामा हामीले सम्बन्धित पक्षलाई दवाव दिने उद्देश्यले नागरिक समुहको स्थापना गरेका थियौं । त्यतिबेला सानै समूह भएपनि हाम्रो उद्देश्य भ्रष्टाचार गर्न हुँदैन र सुशासन कायम गर्नुपर्छ भन्नेमा दवाव बढाउने भन्ने थियो । जुन एजेण्डामा अहिले पनि अडिग छौं र रहिरहने छौं । दवावमूलक कार्यक्रम अघि बढाउँदै जाँदा सबै पक्षको विस्वासले छोटोसमयमा नै समूह एक सशक्त संगठन बन्न पुग्यो । संगठन कसैको विरोधमा भन्दा पनि सिस्टमको विरोधमा लागेकाले पनि सबैको समर्थन र सद्भाव रह्यो भन्ने लाग्छ ।
समूह राजनीतिमा नरहेपनि त्यसप्रति चासो भने रहन्छ । राजनीतिक आवरणमै धेरै भ्रष्टाचार हुने भएकाले र राजनीतिक स्थीरताले नै एक समृद्ध देश र समाज निर्माण सम्भव हुने भएकाले राजनीतिमा चासो हुनु पर्छ । त्यसो भन्दैमा हामी आफैं राजनीतिमा हामफल्ने भने होइनौं । हामीले थ्रेस होल्डलाई कम्तीमा पनि १० प्रतिशत हुनुपर्छ भनेका छौं । अहिले खुलेका अनिगिन्ती दलहरु भन्दा कम्तीमा सीमित बलिया राजनीतिक शक्ति भएमात्रै पनि केहि हदसम्म स्थीरतामा सहयोग पुग्न सक्छ भन्ने हाम्रो ध्येय हो ।
संघीयता विज्ञहरुले बनाउनु पर्छ न कि अनुभवहीन दलहरुले होइन । सम्बन्धित भूभागको संरचना र सम्भावनाको आधारमा उत्पादन, रोजगारीसमेतलाई ख्याल गरेर राज्यको पुर्नसंरचना हुनुपर्छ भन्ने हाम्रो माग हो । यस्तै शासकीय स्वरुपमा पनि पुनसंरचनाको जरुरी संगठनले औंल्याएको छ । मुख्यकुरा त भ्रष्टाचार न्यूनीकरणका लागि जागरुक हुनुपर्ने भनेको जनता नै हो । एउटा मालपोतमा १०० जना सेवाग्राही बाहिर बसेको हुन्छ । भित्र दुई हाकिम हुन्छन् । भ्रष्टाचार हुने भनिएको मालपोतमा २ जना हाकिमले घुस मागेपनि ती सयजना सेवाग्राहीको जमात ठूलो भएपनि निरीह हुन्छन् । कारण सचेतनाकै कमी हो । घुस नदिई कामै हुँदैन भन्ने मानसिकताको उपज हो । यी र यस्ता बेतिथिलाई चिर्नको लागि नागरिक समुह क्रियासिल छ । अर्को शब्दमा भन्नुपर्दा तल्लो तहबाटै जनचेतना अभिबृद्धि गर्दै एक सुशासनयुक्त समाज निर्माणको अभियाननै नागरिक समुहको उद्देश्य हो । यसका लागि हामीहरुले शहरदेखि गाउँसम्म कार्यक्रमहरु गरिरहेका छौं । सबैतिर गर्ने कार्यक्रम गैरराजनीतिक हुन् । अर्को कुरा व्यक्तिमा राजनीतिक आस्था भएपनि समूहमा देखाउन पाइदैन । कसैले राजनीतिक चरित्र समूहमा देखाउँछ भने उसले ठाउँ खाली गर्नुपर्ने हुन्छ । हामी राजनीति गर्ने समूह भन्दा पनि राजनीति ट्रयाकमा हुनुपर्छ भन्नेमा जोड दिने गर्छौ ।
हामीले विगत साढे ३ वर्षयता सयौं कार्यक्रम गर्यौं । धर्नादेखि गोष्ठी र मेसिनारहरु गर्यौं र सबैको उद्देश्य नीति निर्माण तहमा रहेकाहरुलाई खबरदारी गर्यौ भने त्यसमा सफल भयौं भन्ने पनि दाबी गछौं ।
हाम्रो कार्यसमितिमा बेरोजगार र आर्थिक अवस्था कमजोर भएकाहरु रहने छैनन् । हामी आफू—आफूबीच नै आर्थिक संकलन गरेर कार्यक्रमहरु गर्न पर्ने भएकाले आर्थिक त्यसो गर्नु परेको हो । बाहिरबाट हेर्नेले विभिन्न टिकाटिप्पणी पनि गर्लान् तर हामीले अहिलेसम्म कसैको सहयोग लिएका छैनौं । हामी कार्यसमितिमै रहेकाहरुले रकम संकलन गरेर संगठन चलाउँछौं । समुहको कार्यसमितिमा रहेका ५२ जनामध्ये सबै कुनै न पेशा र व्यवसायमा रहेका छौं ।
अहिलेको अवस्थामा आइपुग्दासम्म हालै खुलेका नयाँ राजनीतिक दलदेखि विभिन्न संघ संगठनसम्मबाट मिलेर जाऔं, राजनीतिमा हामफालौं भन्नेसम्मका प्रस्ताव आएका छन् । तर, हामी त्यतातिर लाग्दैनौं । राजनीतिमा लाग्दा वा अरु कुनै समूहसँग काम गर्दा क्षतिक फाइदा त होला तर हाम्रो उद्देश्य भने मर्न सक्छ । नागरिक समूह समूहकै रुपमा रहन चाहन्छ र समूहबाटै सुशासन र समृद्धिको अभियान चलाउन चाहन्छ । संस्थाका कोहि व्यक्ति त्यतातिर लाग्लान् आफ्नो ठाउँमा छ तर समुह भने अविचलित रुपमा निरन्तर यात्रामा अघि बढिरहन्छ । बरु कोहि पवित्र हित राखेर हामीकहाँ आउँछन् भने हामी सहकार्य गरेर अघि बढ्न सक्छौं ।
वास्तवमा अभियानको सुरुवात नै रोचक रहेको हो । समूहको हामीले प्रज्ञा प्रतिष्ठानमा उद्घाटन सामान्य ढंगले गर्दा ठूलै राजनीतिक समूहको आयो कि भन्नेसम्मका बजारिया हल्लाहरु समेत आयो । किनकी विभिन्न चर्चित कलाकारदेखि प्रतिष्ठित व्यक्तित्वहरुको सो समारोहमा उपस्थिति रहेको थियो ।
फेरि हामीले होटल अन्नपूर्णमा एक भव्य कार्यक्रम गर्यौं त्यसमा पनि देशका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । त्यतिबेला देशकै सबै मान्छे भेला पार्न सक्ने खुबी भएका यीनीहरु को हुन् भन्नेसम्मका टिकाटिप्पणी समेत भएका थिए । सँगसँगै हामीलाई पाँचतारे होटलमा कार्यक्रम गरेर सुशासन कायम हुन्छ ? भन्नेसम्मका आरोप लाग्यो तर पनि हामीले अवारनेश कार्यक्रम भएको भन्दै त्यसलाई चिर्ने काम गर्र्यौ भने पछिल्लो समय त हामी देशव्यापी भइसकेका मात्रै छैनौं देशमा सुशासनको सवालमा एकछेउबाट योगदान दिन सफल पनि भएका छौं ।
हामीले नेतृत्व पुस्तान्तरण, पारदर्शिता जस्ता कुरा जसरी उठाएका छौं पार्टीहरुले हामीले तपाईहरुको कुरालाई पार्टीमा लागू गराउँदै छौं भन्नुहुन्छ । देशका जस दिने परिपाटी नै नभएको अवस्थामा पनि कम्तीमा त्यसको असर पार्टीसम्म पुग्नु पनि ठूलो कुरा हो भन्ने लाग्छ । प्रेसर क्रिएट गर्ने मामलामा समूह सफल भएछ भन्ने बुझ्न कठीन हुँदैन ।
आगामी दिनमा अभियानलाई थप सशक्त पार्नको लागि हामीले संगठनमा ध्यान दिएका छौं । त्यसका लागि देशैभर संगठन विस्तार गर्ने लक्ष्य लिएका छौं र विभिन्न जिल्लाहरुमा सो काम भइपनि सकेको छ । अर्को कुरा देशका प्रमुख र ठूला सहरहरुमा ठूलाठूला काम गर्ने भन्दा पनि सचेतना जगाउने अभियान चलाउँछौं । परिवर्तन व्यक्तिबाटै सुरु गर्ने हो । हरेक व्यक्तिलाई सचेत गराउने सवालमा योगदान दिन सकियो भने त्यही नै समूहको सफलता हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण