देउवाले आज क–कसलाई लेख्दैछन् चिठी ?
जेठ २०, काठमाडौं– आफ्नो नेतृत्वको सरकार गठनमा समर्थन जनाउन आग्रह गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदमा प्रतिनीधित्व गर्ने राजनीति दललाई पत्र लेख्ने भएका छन् । प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेपछि विभिन्न राजनीतिक दललाई पत्र लेख्ने तयारी देउवाको छ ।
संसद सचिवालयले हिजो जारी गरेको कार्यसूच अनुसार आज विहान ११ बजेदेखि उम्मेदवारी दर्ता हुँदैछ । विहान ११ बजेलगत्तै उम्मेदवारी दर्ता गर्ने र विभिन्न राजनीति दललाई पत्र लेख्ने देउवाको तयारी छ । यसबाहेक सम्भव भए भेटेर नभए फोन मार्फत कुराकानी गरेर पनि आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न देउवाले आग्रह गर्ने तयारी गरेको देउवा निकट स्रोतहरु बताउँछन् ।
संसद सचिवालयका सूचना अनुसार आज विहान ११ देखि ४ बजेसम्म उम्मेदवारीका सूचना दर्ता गर्ने कार्यक्रम छ । यस लगत्तै देउवाले औपचारिक रुपमा समर्थन माग गर्नेछन् । आज नै अपरान्ह साढे ४ मा प्रधानमन्त्रीका उम्मेदवारको सूचि प्रकाशित गर्ने कार्यक्रम छ । भोलि विहान ११ बजे संसद वैठक, प्रस्तावक र समर्थकले समर्थन र उम्मेदवारको सूचनामाथि सामुहिक रुपमा छलफल हुने र एकैसाथ निर्णयार्थ प्रस्तु गर्ने कार्यसूचीसहितको सूचना संसद सचिवालयले जारी गरेको छ । व्यवस्थापिका संसद नियमावली २०७३ नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन गर्न लागेको सचिवालयको सूचनामा छ ।
अधिकतम सहमति जुटाउन विभिन्न राजनीति दललाई पत्र लेख्ने तयारी भएपनि देउवालाई प्रधानमन्त्री निर्वाचित गर्नका लागि यस अघि नै सत्ता गठबन्धनसँग बहुमत पुगेको छ । देउवाको नेतृत्वमा बहुमतीय सरकार गठन गर्न अंक गणित पुग्ने देखिन्छ । हाल व्यवस्थापिका संसदमा ५९३ सांसद रहेका छन् । तिमध्ये बहुमतीय सरकार गठनका लागि देउवाको पक्षमा २९७ सांसदको खाँचो हुन्छ तर अहिलेको सत्ता गठबन्धनसँग ३११ सांसद छन् ।
पछिल्लो समिकरण अनुसार कांग्रेससँग २०७, माओवादी केन्द्रसँग ८२, नेपाल लोकतान्त्रिक फोरमसँग १७, नेकपा संयुक्तसँग ३, अखण्ड नेपालसँग १ र समाजवादी जनता पार्टीसँग १ एक सांसद छन् ।
यो बाहेक थप दलहरुको समर्थन जुटाउने प्रयासमा पत्र लेख्न थालिएको काँग्रेस नेताहरुको भनाई छ । यसबाहेक काँग्रेस सभापति देउवाले राप्रपा नेपालको समर्थन जुटाउने गृहकार्य पनि जारी नै राखेका छन् । राप्रपासँग ३७ सांसद छन् । संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने देउवाको योजना छ । सरकारमा सहभागी नभए संघीय समाजवादी फोरमको समर्थन जुटाउने देउवाको दोस्रो योजना छ ।राष्ट्रिय जनता पार्टीले भने सरकारमा सहभागी नहुने बताईसकेको छ । यसअघि सरकारमा जाने मन्त्रीहरुको टुङगो र मन्त्रालयको भागबण्डाका लागि काँग्रेस र माओवादीले कार्यदल पनि बनाएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट बिमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीका तर्फबाट कृष्णबहादुर महरा र बर्षमान पुनले गृककार्य गरिरहेका छन् । पहिलो चरणमा देउवाले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
-
साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण