शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चेपाङ बालबालिकालाई सहयोग

शनिबार, २० जेठ २०७४, १३ : १०
शनिबार, २० जेठ २०७४
  रत्ननगर ९चितवन०, २० जेठ । चितवनको रत्ननगरमा बसोबास गरिरहेका चेपाङ बालबालिकालाई लायन्स क्लब अफ काठमाडाँै मनहराले आज लत्ताकपडासहित आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षा आर्जनका लागि सहयोग पु¥याउने उद्देश्य रु ५० हजार नगदसहित एक सयभन्दा बढी चेपाङ बालबालिकालाई पुग्ने लत्ताकपडा सहयोग गरिएको क्लबका अध्यक्ष प्रमोद फुयाँलले जानकारी दिए । क्लबले गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा सो रकम तथा लत्ताकपडा हस्तान्तरण गरिएको हो । सो केन्द्रमा जिल्लाका विभिन्न विकट ठाउँमा पढ्न नपाएर बसेका एक सयभन्दा बढी चेपाङ बालबालिका आवासीय रुपमा बस्दै आएका छन् । उनीहरु अहिले नजिकै रहेको पञ्चतेज ज्योति आधारभूत शिक्षालयमा पढ्दै आएका छन् । उक्त स्कुलमा अङ्ग्रेजी शिक्षाको पठनपाठनसमेत यो वर्षबाट औपचारिक रुपमा थालनी गरेकाले सहयोगस्वरुप प्राप्त उक्त रकमबाट ती बालबालिकाको अङ्ग्रेजी शिक्षामा खर्च गरिने शिक्षालयका प्रधानाध्यापक रामबहादुर मगरले जानकारी दिए । यसअघि पनि लायन्स क्लब अफ काठमाडाँै मनहराले चेपाङ बालबालिकालाई पटक÷पटक सहयोग गर्दै आएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप