स्थानीय सरकारको भूमिकाबारे उपभोक्ताबीच छलफल
आइतबार, २१ जेठ २०७४, १८ : २६
लुम्बिनी, जेठ २१– बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुँदै गर्दा रुपन्देहीको लुम्बिनीमा स्थानीय सरकारको भूमिकाबारे उपभोक्ताबीच छलफल भएको छ ।
अन्तर्राष्ट्रिय पर्यटकीयस्थल मानिने ठाउँमासमेत दैनिक उपभोग्य खाद्यवस्तु गुणस्तरहीन रहेको भन्दै उपभोक्तामञ्चले छलफल गरेको हो । उपभोक्ताहरुको संरक्षणमा स्थानीय सरकारको भूमिकाबारे उपभोक्ता मंचले लुम्बिनीमा उपभोक्ताहरुबीच छलफल चलाएको हो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष लक्ष्मण बैदवारले लुम्बिनी जस्तो ठाउँमा सरोकारवाला निकायको फितलो बजार अनुगनका कारण उपभोक्ताहरुको आधारभूत आवश्यकता पर्ने दैनिक उपभोग्यवस्तुको गुणस्तरीयतामाथि प्रश्नचिन्ह समेत खडा भएको बताए ।
सरसफाईको कमीले खानेकुरामा झिँगा भन्किनुका साथै विशेष अनुगमन गरी रोकथाम गर्नुपर्ने पनि उनले सुझाव दिए ।
उपभोक्ता मञ्चका सल्लाहकार एवम् कराँते संघका केन्द्रीय सदस्य भरत केसीले संघीय उपभोक्ता अदालत मार्फत उपभोक्ताहरुको अधिकार सुनिश्चित गरी राज्यले गुणस्तरीय उपभोग्यवस्तु उपलब्ध गराउनका लागि माग गरे ।
अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार कल्पना हरिजन, नेपाली काँग्रेसका वडाअध्यक्ष पदका उम्मेदवार नागेन्द्रप्रसाद लोध, नेकपा एमालेका अब्र्दुरहीम मुसलमान, राप्रपाका गंगाराम जयसवाल, तेनुहवा सामुदायिक अध्ययन केन्द्रका सामाजिक परिचालक राजेन्द्रप्रसाद श्रीवास्तव लगायतले दैनिक उपभोग्य वस्तुको गुणस्तर जाँचतर्फ विशेष ध्यान दिन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण